मोरङ प्रहरीले ठुलो परिमाणको लागु औषधसहित एक महिलालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१५ की अन्दाजी ३० वर्षीया अरजिना खातुन रहेकी छन्।
उनको साथबाट झोलामा राखी लुकाई छिपाई ल्याएको अवस्थामा लुपिजेसिक २०० एम्पुल, एभिल २०० एम्पुल, डाईजोल्याव २०० एम्पुल, स्पास्मो १४४ चक्की, नाईट्रेसन ३० चक्की, डाईजेल्याप ५ बोतल र नगद रू २६ हजार बरामद भएको प्रहरीले जनाएको छ।

विराटनगर महानगरपालिका–१५ स्थित राम जानकी मन्दिर छेउमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा सो लागु औषध फेला परेको हो।
नियन्त्रणमा लिइएकी खातुनबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया