समाज


आज थपिएका संक्रमितमध्ये झण्डै ६२ प्रतिशत उपत्यकाका, कुन जिल्लामा कति थपिए?

आज थपिएका संक्रमितमध्ये झण्डै ६२ प्रतिशत उपत्यकाका, कुन जिल्लामा कति थपिए?

नेपालखबर
असोज १३, २०७७ मंगलबार ११:१०,

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौँ उपत्यकाका ९३४ सहित देशभरमा थप १ हजार ५१३ जनामा कोरोना पुष्टि भएको हो।

मन्त्रालयका अनुसार उपत्यकाका काठमाडौँमा ७४७, भक्तपुरमा ७३ र ललितपुरमा ११४ जनामा कोरोना पुष्टि भएको हो। आज थपिएका कुल संक्रमितमध्ये ६१.७५ प्रतिशत संक्रमित उपत्यकाका रहेका छन्।

मन्त्रालयका अनुसार बढी संक्रमित थपिने अरु जिल्लामा मोरङ १०१, रुपन्देही ९५, चितवन ६२, बाँके ४१ र सुनसरी ३२ रहेका छन्।

मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार आज देशभरमा २० हजार २९६ सक्रिय संक्रमित रहेका छन्।

हेरौँ कुन जिल्लामा कति संक्रमित थपिए?

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad