ad ad

समाज


मानवअधिकारवादी संस्था एमनेस्टी इन्टरनेसनल भारतमा बन्द, कारण यस्तो..

मानवअधिकारवादी संस्था एमनेस्टी इन्टरनेसनल भारतमा बन्द, कारण यस्तो..

नेपालखबर
असोज १३, २०७७ मंगलबार ७:१९,

भारत सरकारले संस्थाविरुद्ध प्रतिशोध साधेपछि आफूहरुले भारतमा काम बन्द गर्ने निर्णय गरेको एमनेस्टी इन्टरनेसनलले जनाएको छ।

एमनेस्टीकाअनुसार भारत सरकारले संस्थाको बैंक खाता फ्रिज गरिदिएको छ र देशका कर्मचारीलाई संस्था छाड्न बाध्य पारेको छ।

साथै भारतले एमनेस्टीको सबै अभियान र अनुसन्धानमूलक कार्य स्थगित गरिदिएको एमनेस्टीको भनाइ छ।

एमनेस्टीले भनेको छ,‘हामी भारतमा अभूतपूर्व परिस्थितिको सामना गरिरहेकाछौं। भारत सरकारको सुनियोजित हमला, बदमाशी र उत्पीडनको सामना एमनेस्टीले गरिरहेको छ।’

भारतले भने विदेशी चन्दासम्बन्धी कानुन उल्लंघन गरेका कारण एमनेस्टीको खाता रोक्का गरिदिएको जनाएको छ।

खाता रोक्का हुँदा एमनेस्टीको अधिकाँश काम ठप्प भएको बताइएको छ। एमनेस्टीले यसअघि सन् २००९ मा पनि भारतमा आफ्नो काम बन्द गरेको थियो। विदेशी चन्दा लिने एमनेस्टीको लाइसेन्स त्यसबेला भारत सरकारले पटकपटक खारेज गरेको थियो। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .