झापाको कनकाई नगरपालिका–९ घैलाडुब्बाका ४५ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको छ।
नगरप्रमुख राजेन्द्र पोखरेलका अनुसार शनिबार राति कोभिड अस्पताल विराटनगरमा उनको मृत्यु भएको हो। उनी उच्च रक्तचाप र मधुमेहका बिरामीसमेत थिए।
आइतबार कनकाई आर्यघाटमा परिवारको उपस्थितिमा शवको दाहसंस्कार गरिने उनले बताए। हालसम्ममा कनकाई नगरपालिकाका दुई जना कोरोना संक्रमितको प्रदेश १ कै अस्पतालमा उपचारका क्रममा मृत्यु भइसकेको छ।
कनकाई घर भई विदेश र काठमाडौँमा रहेका अरु दुई जनाको समेत कोरोनाकै कारण मृत्यु भएको नगरप्रमुख पोखरेलले जानकारी दिए।
कोरोनाबाट मृत्यु भएकाहरुका लागि कनकाई आर्यघाटमा छुट्टै चितास्थलको व्यवस्था छ। त्यहाँ रहेका पाँच वटा चितास्थलमध्ये एउटालाई कोरोनाबाट मृत्यु भएकाहरुका लागि छुट्याइएको उनले बताए।
काृरोना संक्रमणका कारण झापा जिल्लामा अहिलेसम्ममा सात जनाको मृत्यु भइसकेको छ।
–––
प्रतिक्रिया