ad ad

समाज


होम आइसोलेसनमा बसेका संक्रमितको अस्पताल लैजाँदै गर्दा बाटैमा निधन

होम आइसोलेसनमा बसेका संक्रमितको अस्पताल लैजाँदै गर्दा बाटैमा निधन

प्रकाश न्यौपाने
असोज १०, २०७७ शनिबार ११:३८,

बबई बहुमुखी क्याम्पस बर्दियाका प्रमुख विनोद अग्रवालको कोरोना संक्रमणबाट नेपालगन्जमा निधन भएको छ।

फोक्सोको क्यान्सरबाट पीडित गुलरिया नगरपालिका–७ का ५२ वर्षीय अग्रवालको शनिबार श्वासप्रश्वासमा समस्या भएपछि भेरी अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए।

दुई वर्ष अघि फोक्सोको क्यान्सर भइ उपचार गराइरहेका ती पुरुषको शनिबार दिउँसो २ः२५ मा मृत्यु भएको श्रेष्ठले बताए।

उनमा चार दिनअघि स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो। उनी होम आइसोलेसनमै बस्दै आएको थियो।

श्रेष्ठले उनको शव व्यवस्थापनको लागि आवश्यक समन्वय भइरहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .