ad ad

समाज


डोनाल्ड ट्रम्पविरुद्ध उनकै भतिजी म्यारीले दायर गरिन् ठगीको मुद्दा

डोनाल्ड ट्रम्पविरुद्ध उनकै भतिजी म्यारीले दायर गरिन् ठगीको मुद्दा

नेपालखबर
असोज १०, २०७७ शनिबार ८:८,

बिहीबार म्यारीले ट्रम्पविरुद्ध न्युयोर्कको अदालतमा ठगी गरेको र धोका दिएको भन्दै मुद्दा दायर गरेको सीएनएनले जनाएको छ।

म्यारी फ्रेड ट्रम्प जुनियरकी छोरी हुन्। फ्रेड डोनाल्ड ट्रम्पका जेठा दाई थिए।

आफ्ना हजुरबा फ्रेड ट्रम्प सिनियरले निर्माण गरेको रियल–स्टेट इम्पाइरबाट पाउनुपर्ने ब्याज तथा रकमहरुबाट आफूलाई काका डोनाल्ड ट्रम्प र पिताका अन्य बहिनी र भाइहरुले ठगी गरेर, धोका दिएर बन्चित गरेको म्यारीको भनाइ छ।

म्यारी भन्छिन्,‘ठगी ट्रम्पहरुको केवल परिवारको व्यवसाय मात्र थिएन। यो जीवनशैली थियो।’

काका डोनाल्ड ट्रम्प र पिताका अन्य भाई र बहिनीले जबर्जस्ती एउटा सम्झौतामा हस्ताक्षर गर्न लगाएको म्यारीले उल्लेख गरेकी छिन्।

यसरी आफूले प्राप्त गर्नुपर्ने लाखौं डलरभन्दा बढी रकम प्राप्त नगरेको उनको गुनासो छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .