शुक्रबार साँझ ६ बजे मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसमी बुलेटिनअनुसार अहिले प्रदेश नम्बर १, २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।
आज राति प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा प्रदेश नं ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।
साथै प्रदेश नम्बर १, २ र गण्डकी प्रदेश का एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ।
आगामी २४ घण्टा (शनिबार साँझ ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श जारी गर्दै महाशाखाले भनेको छ-
प्रदेश नं १, प्रदेश नं २ र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।
प्रतिक्रिया