समाज


तास्मेनियामा झन्डै चार सय ह्वेल मृत फेला, ह्वेलहरु किन समुन्द्र बाहिर जान्छन्?

तास्मेनियामा झन्डै चार सय ह्वेल मृत फेला, ह्वेलहरु किन समुन्द्र बाहिर जान्छन्?

नेपालखबर
असोज ७, २०७७ बुधबार १२:४९,

सोमबारयता ह्वेलहरु समुन्द्रको किनारमा देखिन थालेका छन्। हालसम्म ३८० पाइलट ह्वेल मृत फेला परेको बीबीसीले जनाएको छ।

अधिकारीहरुका अनुसार उद्धारकर्ताहरूले थोरै पानी भएको ठाउँमा अलपत्र परेका ह्वेललाई जोगाउन सङ्घर्ष गरिरहेका छन्।

उद्धारकर्ताले बुधबारसम्म ५० वटा ह्वेललाई उद्धार गरेर समुन्द्रमा फर्कादिएका छन्। अहिले बाँकी ३० वटा ह्वेललाई पनि उद्धार गर्ने प्रयास जारी राखेको बताइएको छ।

ह्वेलहरु किन समुन्द्र बाहिर जान्छन् भनेर स्पष्ट कारण थाहा हुन नसकेको वैज्ञानिकहरू बताउँछन्।

Tasmania finds another 200 pilot whales that may all be dead in mass  stranding - CNN

अस्ट्रेलिया र न्यूजील्यान्ड वरपर विभिन्न प्रजातिका ह्वेलहरू मौसमका कारण बसाइँ सर्छन्। त्यसो गर्दा एउटा बथानमा १,००० वटासम्म ह्वेल हुन्छन्।

अनुसन्धानकर्ताहरूका अनुसार उनीहरू एउटा नेतालाई पछ्याउँछन् जसले गर्दा पूरा समूह नै समुन्द्र बाहिर पुग्ने सम्भावना हुन्छ।

नेता ह्वेलले दुर्भाग्यवश बाटो बिराउँदा यी ह्वेलहरुको मृत्यु भएको वैज्ञानिकहरु अनुमान लगाउँछन्। एजेन्सी

Hundreds of whales dead after stranding off Australia's Tasmania |  Australia | Al Jazeera

Hundreds of Pilot Whales Stranded on New Zealand's Farewell Spit | Smart  News | Smithsonian Magazine

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad