समाज


कोरोना संक्रमणबाट वडाध्यक्षको मृत्यु

कोरोना संक्रमणबाट वडाध्यक्षको मृत्यु

नेपालखबर
असोज ७, २०७७ बुधबार ८:६,

भेरी अञ्चल अस्पताल नेपालगञ्जमा उपचारका क्रममा बर्दियाको बारबर्दिया नगरपाकिला– ३ का वडाध्यक्षको मृत्यु भएको छ।

३९ वर्षीय वडाध्यक्ष सूर्यबहादुर थारुको बुधबार कोरोना संक्रमणबाट मृत्यु भएको हो।

जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बुधबार बिहान उपचारका क्रममा अध्यक्ष थारुको मृत्यु भएको बताए।

यससँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ। यसअघि कैलाली, अछाम, अर्घाखाँचीँ, सुर्खेत र बर्दियाका कोरोना संक्रमितको बाँकेमा मृत्यु भएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .