समाज


नक्कली नेपाली रुपैयाँ सहित एक जना पक्राउ

नक्कली नेपाली रुपैयाँ सहित एक जना पक्राउ

नेपालखबर
साउन ८, २०७६ बुधबार ८:२९,

जिल्लाका आदर्शकोतवाल गाउँपालिका ५ रुपौलियाबाट चितवन राप्ती नगरपालिका–८ बीरेन्द्रनगर बस्ने ३७ वर्षीय पर्शुराम न्यौपानेलाई एक हजार दरका नक्कली नेपाली रुपैयाँ ४ थान सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ।

सोही ठाउँस्थित मोहन सहनीले सञ्चालन गरेको मदिरा पसलमा न्यौपानेले बियर खरिद गर्ने क्रममा दिएको एक हजार दरको १ वटा नोट नक्कली भएको भनी पसल सञ्चालकले खबर गरेपश्चात खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिई जाँच गर्दा निजको खल्तीमा थप हजार दरका थप ३ वटा नक्कली नोटसहित फेला पारी पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad