ad ad

समाज


मंगलबारसम्मको मौसम अनुमान : कस्तो छ यी तीन दिन वर्षाको सम्भावना?

मंगलबारसम्मको मौसम अनुमान : कस्तो छ यी तीन दिन वर्षाको सम्भावना?

नेपालखबर
असोज ४, २०७७ आइतबार १:५८,

आज (आइतबार) देखि तीन दिन (मंगलबार) सम्म देशका विभिन्न स्थानमा सामान्यदेखि ठूलोसम्म वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले आइतबार बिहान ६ बजे जारी गरेको ‘मौसम पूर्वानुमान बुलेटिन’अनुसार आगामी तीन दिन यस्तो छ वर्षाको सम्भावना–

असोज ४ गते
दिउँसो : देशभर आंशिकदेखि सामान्यसम्म बदली रही थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।

राती : देशभर आंशिकदेखि सामान्यसम्म बदली रही प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना छ।

असोज ५ गते
दिउँसो : देशभर सामान्यतया बदली रही देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ।

राती : देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। साथै प्रदेश नं १, प्रदेश नं २ र बाग्मती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

असोज ६ गते
दिउँसो : देशभर सामान्यतया बदली रही देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। प्रदेश नं १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

राती : देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। प्रदेश नं १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
उल्लेखनीय चेतावनी छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .