समाज


गण्डकीमा आजमात्रै १०२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३२ सय ८० पुग्यो

गण्डकीमा आजमात्रै १०२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३२ सय ८० पुग्यो

नेपालखबर
असोज १, २०७७ बिहिबार १४:१,

गण्डकी प्रदेशमा बिहीबार मात्रै १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

बिहीबार क्षयरोग उपचार केन्द्र, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा र चितवन मेडिकल कलेज, चितवनमा गरिएको परीक्षणमा बिहीबारमात्रै १०२ जनामा कोरोना संक्रमण भेटिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

निर्देशनालयले बिहीबार बिहान र दिउँसो गरेर तीन पटक दिएको जानकारी अनुसार २३, ५ र ७४ गरी १०२ जनामा कोरोना पुष्टि भएको हो।

आज थपिएका संक्रमितमा कास्कीका मात्रै ७४ जना रहेका छन्। त्यस्तै लमजुङमा ५, नवलपरासी (सुस्तापूर्व)मा १२, तनहुँमा ५, बागलुङमा ४, गोरखामा २ जनामा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए।

संक्रमितमध्ये कास्कीका ५ र बागलुङका ३ जना भारतबाट आइ क्वारेन्टिनमा बसेका ब्यक्ति भएको र अन्य कन्ट्याक्ट ट्रेसिङबाट पत्ता लागेको निर्देशक शर्माले जानकारी दिए।

उनले संक्रमित सबैलाई आइसोलेसनमा लागिसकिएको जानकारी दिए।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार २८० पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा गण्डकीमा ४० जना कोरोना संक्रमित निको भएका छन्। योसँगै अहिलेसम्म निको हुनेको संख्या १ हजार ९७५ पुगेको छ।

गण्डकीमा अहिले सक्रिय संक्रमितको संख्या १ हजार २१२ रहेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad