ad ad

समाज


सशस्त्रद्वारा १० लाख रुपैयाँको अवैध कपडा बरामद, दुई जना पक्राउ

सशस्त्रद्वारा १० लाख रुपैयाँको अवैध कपडा बरामद, दुई जना पक्राउ

प्रकाश न्यौपाने
असोज १, २०७७ बिहिबार १०:५४,

सशस्त्र प्रहरीले भारतबाट अवैध रुपमा नेपाल भित्र्याइएका करिब १० लाख रुपैयाँ बराबरका कपडा बरामद गरेको छ। सशस्‍त्र प्रहरी बल नेपाल नं. २७ गण हे.क्वा. रुपन्देहीले बुटवलबाट १६ बोरा लेडिज कुर्ता–सुरवाल बरामद गरेको एसपी तेज पोखरेलले जानकारी दिए।

कपिलबस्तुबाट बुटवलतर्फ ल्याउँदै गर्दा लु.१ज.४१७५ नम्बरको बलेरो पिकअप भ्यानसहित एक हजार तीन सय ९२ थान लेडिज कुर्ता–सुरुवाल बुटवलबो बेलबासबाट बरामद गरिएको एसपी पोखरेलले बताए।
‘सशस्त्रको मोबाइल टोलीले चेकजाँच गर्दा १४ हजार बराबरको कवाडी सामानको बिल बनाएर अलकत्रा राख्ने ड्रममा कपडा चोरीतस्करी गरेर ल्याइएको पाइएपछि हामीले बरामद गरेका हौं’, पोखरेलले भने।

बरामद गरिएको उक्त कपडा र भ्यान भैरहवा भन्सार बुझाइएको छ। बरामद गरिएको कपडाको मूल्य ९ लाख ७४ हजार रुपैयाँ रहेको सशस्त्रले जनाएको छ। यस्तै, कपडा तस्करीमा प्रयोग गरिएको भ्यानको मूल्य ७ लाख कायम गरी भन्सार बुझाइएको छ। सशस्त्रले चोरीतस्करीमा संलग्न भएको आरोपमा गाडी चालक र सहचालक गरी दुई जनालाई पनि नियन्त्रणमा लिएर भन्सार बुझाएको छ।

गाडी चालक कपिलबस्तु मायादेवी गाउँपालिका–८ मा ३३ वर्षीय नियाज अहमद र सहचालक सोही गाउँपालिका–५ मा २३ वर्षीय राजकुमार पासीलाई नियन्त्रणमा लिई थप कारवाहीका लागि भन्सार कार्यालय बुझाएको हो। पछिल्लो समय कोरोना भाइरस महामारीको मौका छोपेर रुपन्देही, कपिलवस्तु र नवलपरासी लगायत भारतीय सीमावर्ती क्षेत्रबाट तस्करी हुने गरेको छ। तस्करी बढ्दै जाँदा कोरोनाको जोखिमसमेत बढेको छ।

कोरोना जोखिम र अवैध कारोबार हुन थालेपछि सशस्त्रले सीमा क्षेत्रमा थप कडाई गरिरहेको यस्ता किसिमका गतिविधिलाई निस्तेज पार्ने एसपी पोखरेलले बताए।

‘हामीले सीमा क्षेत्रमा हुने आउजाउ र अवैध गतिविधि रोक्न विशेष सुरक्षा रणनीति अपनाएका छौं’, उनले भने, ‘अवैध गतिविधि नहोस् भनेर गस्ती गर्ने, सशस्त्र प्रहरीलाई डिउटीमा खटाउँदै आएका छौं तर पनि लुकीछुपी कहिलेकाँही चोरीतस्करी हुने गरेको छ। यसलाई हामीले थप कडाई गरी रोक्न लागिपरेका छौं।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .