नेपालको संसदमा पनि कयौं नेताहरुले हिन्दी भाषामा सम्बोधन गर्ने गरेका छन्। यसबीचमा भारतको संसदमा पनि नेपाली भाषामा सम्बोधन भएको देखिएको हो।
पश्चिम बंगाल राज्यस्थित दार्जिलिङका सांसद राजु विष्टले आफूले आफ्नो मातृभाषामा सम्बोधन गर्ने भन्दै विश्वकै सर्वोच्च शिखर सगरमाथामा आरोहण गर्ने विश्वकै पहिलो व्यक्ति नेपालका तेन्जिङ नोर्गे शेर्पाको चर्चा गरेका थिए।
मंगलबारको लोकसभा बैठकमा विष्टले तेन्जिङ नोर्गे शेर्पालाई ‘भारत रत्न’ बाट सम्मानित गर्नुपर्ने भारत सरकारसँग माग राखेका थिए।
सगरमाथा आरोहणका समयमा नेपाली नागरिक रहेका तेन्जिङले पछि भने भारतीय नागरिकता लिएका थिए।
नेपालको सोलुखुम्बु जिल्लामा सन् १९१४ मा जन्मिएका शेर्पाको निधन दार्जिलिङमा सन् १९८६ मा भएको थियो।
सांसद विष्टले सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्ने शेर्पा विश्वकै आइकन भएको बताएका थिए।
(भिडियो)

प्रतिक्रिया