राजनीति


मेयर शाक्यको आइसोलेसन खर्च सार्वजनिक गर्न विवेकशीलको माग

मेयर शाक्यको आइसोलेसन खर्च सार्वजनिक गर्न विवेकशीलको माग

नेपालखबर
भदौ ३१, २०७७ बुधबार १२:२५,

विवेकशील नेपाली दलले काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सोल्टी होटेलमा ‘आइसोलेसन’ बस्दा भएको खर्च विवरण माग गरेको छ। गत स्थानीय निर्वाचनमा काठमाडौं महानगर प्रमुखकी प्रत्याशी एवं दलकी नेतृ रञ्जु दर्शनाले सूचनाको हक बमोजिम निवेदन दर्ता गरेकी हुन्।

दर्शनासँगै दलका संघीय समिति सदस्यहरु रजिया बानु र प्रमेश श्रेष्ठले शाक्यको ५ तारे होटेलको आइसोलेसनको खर्चमा महानगरले बेहोरेको विवरण तथा महानगरले कोभिड–१९ रोकथामको लागि गरेको खर्च विवरणको सूचना मागिएको हो।

सूचनाको हक सम्बन्धिको निवेदन मार्फत दर्ता गर्न महानगरपालिका कार्यालय पुगेका दलका नेताहरुले कोभिड संक्रमण नियन्त्रण गर्न असक्षम रहेको र पारदर्शीता कायम नभएको भन्दै असन्तुष्टि जनाएका छन्।

निवेदन दर्ता गरेपछि नेतृ रञ्जु दर्शनाले भनिन, ‘नागरिकको जिउधनको रक्षा गर्न असक्षम मात्र होइन् महानगरका गतिविधहरुमा पारदर्शीता कायम नभएकोमा समेत हामीले महानगरको ध्यानाकर्षण गरायौँ।’

निवेदनमा माग भए बमोजिमको सूचना प्राप्त भएपछि त्यसको विश्लेषण गरेर भावि कदम चाल्ने विवेकशील नेपालीको तयारी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad