नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) स्थित नारायणी नदीमा डुंगा पल्टिँदा एक व्यक्ति बेपत्ता भएका छन् भने अन्य छ जना पौडी खेलेर बाँच्न सफल भएका छन्।
सुस्ता गाउँपालिका–५ स्थित अनोमाघाटदेखि इँटा लोड गरी सुस्ता गाउँतर्फ जाँदै गरेको सात जना सवार डुंगा बुधबार बिहान सुस्ता पुग्नै लाग्दा अचानक पल्टिएको हो।
बेपत्ता हुनेमा भारतको महाराजगञ्जका २८ वर्षीय पतरु मुसहर रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिए। बेपत्ताको प्रहरी र स्थानीयवासीले खोजी गरिरहेका छन्। रासस
प्रतिक्रिया