ad ad

कारोबार


उखु कृषक दर्ताको म्याद असोज मसान्तसम्म थप

उखु कृषक दर्ताको म्याद असोज मसान्तसम्म थप

नेपालखबर
भदौ ३१, २०७७ बुधबार ७:३४,

सरकारले उखु कृषकहरु सम्बन्धित स्थानीय तहमा अनिवार्य दर्ता हुने प्रावधानअनुसार उखु कृषक दर्ताको म्याद आगामी असोज मसान्तसम्मका लागि थप गरेको छ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कोभिड १९ बाट सृजित विषम परिस्थितिको कारण दर्ता छुट भएका कृषकलाई दर्ता गरी लगत प्रकाशन गर्ने म्याद एक महिना थपिएको जनाएको हो।

यसअघि भदौ मसान्तसम्म अर्थात् आजसम्म दर्ता गर्नुपर्ने सूचना गत जेठ २० मा प्रकाशित गरिएको थियो। सरकारले स्वीकृत गरेको उखु कृषकलाई अनुदान दिनेसम्बन्धी कार्यविधि (दोस्रो संशोधन) २०७५ को दफा ४ क बमोजिम आव २०७७÷०७८ देखि सरकारबाट अनुदान पाउन उखु कृषकहरु सम्बन्धित स्थानीय तहमा अनिवार्य दर्ता हुनुपर्ने प्रावधान छ।

सोअनुसार ०७७ भदौ मसान्तभित्र दर्ता भएका उखु कृषकको लगत प्रकाशन गरी सम्बन्धित चिनी मिल, जिल्लास्थित भुक्तानी समिति र कृषि मन्त्रालयमा उपलब्ध गराउन भनिएकोमो अब असोज मसान्तसम्म यी कार्य किसानहरुले गर्नुपर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .