ad ad

समाज


नाइजेरियाको पवित्रस्थलमा पोर्न चलचित्र खिच्दा निर्माता गिरफ्तार!

नाइजेरियाको पवित्रस्थलमा पोर्न चलचित्र खिच्दा निर्माता गिरफ्तार!

नेपालखबर
भदौ ३०, २०७७ मंगलबार ११:२५,

पश्चिमी नाइजेरियास्थित ओसुँ ओशोबु नामक पवित्र जङ्गलमा पोर्न चलचित्रको रेकर्डिङ गरेपछि ती निर्मातालाई पक्राउ गरिएको त्यहाँको प्रहरीले जनाएको छ।

किङ ब्लाक होक नामले परिचित तोबिलोबा जोलाओसोलाई पक्राउ गरिएको हो।

आदिवासी योरुबा समुदायको प्रजननकी देवी ओसुँको वासस्थान भनिने उक्त पवित्र जङ्गल संयुक्त राष्ट्रसङ्घको विश्व सम्पदा सूचीमा समेत समावेश रहेको बीबीसीले जनाएको छ।

जोलाओसो नाइजेरियाका चर्चित पोर्न चलचित्र निर्माता हुन् जसका ठूलो सङ्ख्यामा फलोअर छन्।

धेरै तिरबाट जाने बाटो रहेको उक्त पवित्र जङ्गलमा उनी कसरी छिरेका थिए र वयस्क चलचित्रको रेकर्डिङ उनले कहिले गरेका थिए भन्नेबारे स्पष्ट हुन सकेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .