ad ad

समाज


गण्डकी प्रदेशमा थप ५१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३१ सय १६ पुग्यो

गण्डकी प्रदेशमा थप ५१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३१ सय १६  पुग्यो

नेपालखबर
भदौ ३०, २०७७ मंगलबार ७:१३,

गण्डकी प्रदेशमा थप ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयले मंगलबार बिहान र मध्यान्हमा उपलब्ध गराएको विवरण अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा र चितवन मेडिकल कलेज, चितवनमा गरिएको परीक्षण अनुसार थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

नयाँ थपिएका संक्रमितमा नवलपरासी (सुस्तापूर्व)का २०, स्याङ्जाका १३, तनहुँका ९, कास्कीका ५, गोरखाका २, मनाङका १ र लमजुङका १ जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए।

संक्रमितहरुमा विदेशबाट आएका, स्वास्थ्यकर्मी, बिरामी भएर अस्पताल पुगेका, सफाई कर्मचारी र कन्ट्याक्ट ट्रेसिङमार्फत पत्तालागेका हरु रहेको निर्देशक शर्माले जनाकारी दिए।

सबै संक्रमितहरुलाई आइसोलेसन केन्द्र लैजाने तयारी भयरहेको उनले जानकारी दिए।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ११६ पुगेको छ।

सोमबार गोरखाको बारपाक सुलिकोट–८ कि ६३ वर्षीया महिलाको वीरेन्द्र अस्पताल, छाउनी काठमाडौँमा निधन भएसँगै कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या ३० पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .