ad ad

समाज


सामूहिक बलात्कारपछि फरार २ जना ६ वर्षपछि पक्राउ

सामूहिक बलात्कारपछि फरार २ जना ६ वर्षपछि पक्राउ

नेपालखबर
भदौ ३०, २०७७ मंगलबार ५:१८,

सामूहिक जबर्जस्ती करणी मुद्दाका फरार कञ्चनपुरका दुई जनालाई प्रहरीले ६ वर्षपछि पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीबाट खटिएको प्रहरी टोलीले पुनर्वास नगरपालिका–११ का ३० वर्षीय चन्नु राना र सोही ठाउँका २६ वर्षीय अनिल रानालाई सोमबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब निरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए।

स्थानीय युवतीलाई जबर्जस्ती करणीको वारदातपछि दुवै जना विसं २०७१ फागुन महिनादेखि फरार रहेका थिए। कञ्चनपुर जिल्ला अदालतले दुवै जनालाई विसं २०७२ असार २८ गते जनही ११÷११ वर्षको कैद सजाय तोकेको थियो।

घरमै रहेका बेला दुवै जना पक्राउ परेका हुन् पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि प्रहरीले अदालतमा पेश गरेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .