ad ad

समाज


राँको बालेर रातो मत्स्येन्द्रनाथलाई बुङ्गमती लगियो

राँको बालेर रातो मत्स्येन्द्रनाथलाई बुङ्गमती लगियो

नेपालखबर
भदौ ३०, २०७७ मंगलबार ०:५८,

रातो मत्स्येन्द्रनाथको रथलाई बाजागाजासहित बुङ्गमती पुर्याइएको छ।

यस वर्ष कोरोना संक्रमणका कारण मत्स्येन्द्रनाथको भोटो नदेखाइ रथलाई पाटनबाट राँको बालेर सोमबार साँझ बुङ्गमती लगिएको हो।

उपयुक्त साइतमा रातो मत्स्येन्द्रनाथलाई खटमा राखेर बुंगमती पुर्‍याएको ज्यापु समाजका अध्यक्ष चन्द्र महर्जनले जानकारी दिए।

१९ भदौमा क्षमा पूजा गरिएको रातो मत्स्येन्द्रनाथलाई मंगलबार चोख्याउने र बुधबारदेखि नियमित पूजा गरिने महर्जनले बताए।

१८ भदौमा स्वस्फूर्त रुपमा रातो मच्छिन्द्रनाथको रथ तान्दा पुल्चोक क्षेत्रमा तनाब भएको थियो। स्थानीय युवाको एउटा समूहले जबर्जस्ती रथयात्रा गर्न लागेपछि प्रहरीले रोक्दा झडप भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .