समाज


नेपालमा कोरोना संक्रमितको संख्या ५५ हजार नाघ्यो, आज थपिए ११ सय ७० जना

नेपालमा कोरोना संक्रमितको संख्या ५५ हजार नाघ्यो, आज थपिए ११ सय ७० जना

नेपालखबर
भदौ २९, २०७७ सोमबार १०:३६,

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मनत्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १ हजार १७० जनामा कोरोना संक्रमण पुष्टि भएको बताए।

प्रवक्ता गौतमका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५५ हजार ३२९ पुगेको छ भने सक्रिय संक्रमितको संख्या १५ हजार ३९३ रहेको छ।

प्रवक्ता गौतमका अनुसार देशभर संस्थागत आइसोलेसनमा ८ हजार ११८ जना रहेका छन्।

आज थप १० हजार ८७८ पीसीआर परीक्षण भएको छ।

पछिल्लो २४ घण्टामा थप ८७९ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै नेपालमा कोरोना निको हुनेको संख्या ३९ हजार ५७६ पुगेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad