समाज


आमाको हत्या गर्नेलाई गाउँलेले समाएर प्रहरीमा बुझाए

आमाको हत्या गर्नेलाई गाउँलेले समाएर प्रहरीमा बुझाए

नेपालखबर
भदौ २९, २०७७ सोमबार २:१८,

झापाको कमल गाउँपालिका–७ मा आइतबार साँझ ७ बजेतिर छोराले आमाको हत्या गरेका छन्। बाह्रघरेनजिकै मुसहर बस्तीका २१ वर्षीय दिनेश ऋषिदेवले बञ्चरोले हानेर ५० वर्षीया आमा मीरा ऋषिदेवको हत्या गरेका हुन्।

रक्सी खाएर घर आएका दिनेश र आमाबीच विवाद भएको थियो। त्यस क्रममा दिनेशले बञ्चरोले हान्दा घटनास्थलमै मीराको मृत्यु भएको दमकस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए।

रक्सीको मातमा दिनेशले आमालाई अन्धाधुन्ध बञ्चरोले हानेको वडाध्यक्ष पृथ्वीपति राईले जानकारी दिए।
हत्या गर्ने छोरालाई गाउँलेले नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक पण्डितले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad