समाज


गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २८, प्रहरी, स्वास्थ्यकर्मीसहित थप १९ मा संक्रमण पुष्टि

गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २८, प्रहरी, स्वास्थ्यकर्मीसहित थप १९ मा संक्रमण पुष्टि

वाशुदेव मिश्र
भदौ २९, २०७७ सोमबार १:४३,

गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु भएकाको संख्या २८ पुगेको छ। गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानले सोमबार बिहान दिएको जानकारीअनुसार भदौ २६ गते मृत्यु भएका नवलपरासीको मध्यविन्दु–१२ का ६० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो।

उपचारका क्रममा लुम्बिनी अस्पतालमा मृत्यु भएका ती पुरुषमा कोरोना रहेको पुष्टि भएसँगै गण्डकीमा कोरोनाबाट मृत्यु भएकाको संख्या २८ पुगेको हो। ती व्यक्तिमा निमोनिया र श्वासप्रश्वाससम्बन्धी समस्या थिए।

यस्तै प्रदेशमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

तीमध्ये बागलुङ बडिगाडका २ जना विदेशबाट आएर क्वारेन्टिनमा बसेका व्यक्ति हुन् भने कास्कीमा १७ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै पोखरा महानगरपालिका वडा नम्बर ४ र १७ मा संक्रमित भेटिएका ७ व्यक्ति प्रहरी हुन्। जिल्ला प्रहरी कार्यालयसमेत रहेको वडा नम्बर ४ का ५ प्रहरीमा संक्रमण देखिए पनि ती जिल्लामा कार्यरत प्रहरी नभएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी सुवास हमालले जिकिर गरे।

उनका अनुसार प्रदेश प्रहरी कार्यालयमा कार्यरतहरूको विवरण जिल्लाबाट गएकाले जिल्ला प्रहरी कार्यालयअन्तर्गत संक्रमण देखिएको हो।

यस्तै थपिएका  संक्रमितमा पोखरा–२३ मा १ जना, १४ मा ३ महिलासहित ६ जना र वडा नम्बर ७ र ८ मा १/१ जना रहेकाे गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोदविन्दु शर्माले जानकारी दिए।

पोखरा–८ मा संक्रमण देखिएका १ जनामा २१ वर्षीया युवती स्वास्थ्यकर्मी हुन्। उनी पोखरा महानगपालिकाअन्तर्गतको स्वास्थ्य सेवा विभागमा कार्यरत छिन्। अन्य संक्रमित केही विदेशबाट आएका र बाँकी कन्ट्याक्ट ट्रेसिङमा परेका हुन्।

गण्डकीमा हालसम्म २ हजार १ सय ९१ जनामा संक्रमण पुष्टि भइसकेको छ।

gandakibiiiii

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad