समाज


बाह्रबीसे पहिरोमा बेपत्ता खोज्न ५० सैनिक परिचालन

बाह्रबीसे पहिरोमा बेपत्ता खोज्न ५० सैनिक परिचालन

नेपालखबर
भदौ २८, २०७७ आइतबार १४:४१,

सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका ७ का विभिन्न स्थानमा गएको पहिरोमा बेपत्ताहरुको खोजिका लागि ५० जना सैनिक खटाइएको छ।

सैनिक मुख्यालयका अनुसार नाकुचे (गुमथाङ्ग), डाँडागाउंँ, नेवार टोल र विकटोलमा पहिरोमा बेपत्ताको एक साथ खोजि भइरहेको छ।

आइतबार बिहान गएको पहिरोमा ११ जनाको शव फेला परिसकेको छ भने २० जना अझै बेपत्ता छन्। उनीहरुको खोजिका लागि ५० जना सैनिकसँगै नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ।

सुरक्षा बेश बाह्रविसेबाट २५ जना, सुरक्षा बेश खोराङगबाट १० जना खटिएका छन् भने १५ जनाको टोली तयारी अवस्थामा राखिएको सेनाले जनाएको छ।

नेपाली सेनाको गोरख बक्स गणले आज बिहानैदेखि खोज तथा उद्धार कार्य जारी राखेको छ। पहिरोबाट २२ घर पूर्ण रुपमा क्षति भएका छन्। डाँडागाउँबाट घाइते ३ जनालाई उपचारको लागि बाह्रबीसे प्राथमिक स्वास्थ्य केन्द्रमा पठाएको सेनाले जनाएको छ।

यस्तै पहिरो प्रभावित क्षेत्रमा नेपाली सेनाका २६ नं बाहिनीपति सहायक रथी विष्णु राउतले अवलोकन गरेका छन्।

यो पनिः 

बाह्रबीसे पहिरो अपडेट : ११ जनाको शव फेला, २० अझै बेपत्ता (नामावलीसहित)

बाह्रबीसेका पहिरो प्रभावित ८० परिवारलाई सुरक्षित स्थानमा सारिँदै (भिडियाे)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad