समाज


थप १ हजार ३९ कोरोना संक्रमित थपिए, ११ सय ७३ निको भए

थप १ हजार ३९ कोरोना संक्रमित थपिए, ११ सय ७३ निको भए

नेपालखबर
भदौ २८, २०७७ आइतबार १०:३८,

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

आइतबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १ हजार ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए।

प्रवक्ता गौतमका अनुसार आज देशभरमा सक्रिय संक्रमितको संख्या १५ हजार ११७ रहेको छ।

पछिल्लो २४ घण्टामा थप ९ हजार १६५ जनाको पीसीआर परीक्षण गरिएको भने अहिलेसम्म ८ लाख ४० हजार ५२७ पीसीआर परीक्षण गरिएको छ।

त्यस्तै पछिल्लाे २४ घण्टामा थप १ हजार १७३ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै निको हुनेको संख्या ३८ हजार ६९७ पुगेको छ।

कोरोना संक्रमण निको हुने प्रतिशत ७१.५ रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad