कारोबार


बैंक अफ काठमाण्डूका ग्राहकलाई इलेक्ट्रोनिक सामान खरिदमा किस्ताबन्दी योजना

बैंक अफ काठमाण्डूका ग्राहकलाई इलेक्ट्रोनिक सामान खरिदमा किस्ताबन्दी योजना

नेपालखबर
भदौ २८, २०७७ आइतबार १०:४४,

बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै घरायसी विद्युतीय उपकरणको सरल किस्ताबन्दीमा खरिद गर्न सकिने योजना सार्वजनिक गरेको छ।

नेपालीहरुको महान चाडपर्वलाई लक्षित गरी ल्याइएको सरल किस्ताबन्दी सहितको विशेष योजनामा बैंकको क्रेडिट कार्ड बाहक ग्राहकहरुले आफूलाई आवश्यक सीजी, एलजी, गोदरेज, टीसीएल, सेन्साई, एलिका, केन्ट तथा ब्ल्याक डेकोर ब्रान्डको घरायसी विद्युतीय उपकरणहरु सरल किस्ताबन्दीमा खरिद गर्न सक्नेछन्।

यस योजना अन्र्तगत बैंकको क्रेडिट कार्ड बाहक ग्राहकहरुले सीजी, एलजी, गोदरेज, टीसीएल, सेन्साई, एलिका, केन्ट तथा ब्ल्याक डेकोर ब्रान्डका घरायसी विद्युतीय उपकरणहरु जस्तै टिभि, मोबाइल, म्युजिक सिस्टम, लुगा धुने मेसीन, एसी, माइक्रोओभन, भ्याकुम क्लिनर, डिस वासर, स्टाइलर, वाटर प्युरिफायर सिस्टम, चिम्नी एण्ड किचन एप्लिकेसन्स किस्ताबन्दीमा खरिद गर्न सक्नेछन्।

यस योजनाबाट बैंकको क्रेडिट कार्डको प्रयोग गरी किस्ताबन्दीमा घरायसी विद्युतीय उपकरण खरिद गर्दा ग्राहकहरुलाई कुनैपनि ब्याज लाग्ने छैन। बैंक अफ काठमाण्डू लिमिटेड र सीजी डिविजटल प्रालिबीच भएको ब्यापारीक सम्झौता अन्र्तगत बैंकको ग्राहकहरुलाई यस सरल किस्ताबन्दीको योजनाहरु विभिन्न स्थानको सोरुमहरुबाट उपलब्ध हुनेछन्।

सीजी शो रुमहरुः कुमारीपाटी, रबिभबन, टंगाल, त्रिपुरेश्वर, नयाँबजार, भक्तपुर, किर्तिपुर, हात्तिगौंडा, इटहरी तथा भरतपुर रहेका छन्। यस्तै एलजी शो रुमहरुः मिनभबन, सिभिल मल, जावलाखेल, कान्तीपथ, चाबहिल, सितापाइला, इमाडोल तथा बिराटनगर रहेका छन्। 

इलेक्ट्रोनिक सामान खरिदमा शुन्य प्रतिशत ब्याजदरको किस्ताबन्दी योजनाको बारेमा थप जानकारी आवश्यक भएमा ग्राहकहरुले बैंकको कार्ड सेन्टरको टेलिफोन नम्बर (०१–४४२७३९८) मा सिधै सम्पर्क गर्न सक्ने बैंकले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad