ad ad

समाज


गोराबाट सुरक्षित रहन यी १९ अश्वेत परिवारले अमेरिकामा छुट्टै शहर बनाउँदै!

गोराबाट सुरक्षित रहन यी १९ अश्वेत परिवारले अमेरिकामा छुट्टै शहर बनाउँदै!

नेपालखबर
भदौ २८, २०७७ आइतबार ९:२५,

प्रहरीले हथकडी लगाइएका फ्लोइडको घाँटीमा ८ मिनेट घुँडाले थिच्दा उनको मृत्यु भएको थियो।

त्यसयता अमेरिकामा रंगभेदविरुद्धको आन्दोलन चर्किएको छ। प्रहरीको रंगभेदी दृष्टिकोणकै कारण फ्लोइडको मृत्यु भएको भनेर अमेरिकामा त्यसबेला ठूलो आन्दोलन चर्किएको थियो।

गत अगष्टमा मात्र प्रहरीले विसकनसिनको केनोसामा अर्का अश्वेत नागरिक ज्याकोब ब्लेकलाई ७ गोली हाने। हाल उनको कम्मर मुनिको भाग प्यारालाइज छ। गोली किन हानियो हालसम्म खुलाइएको छैन।

यसरी काला जातिविरुद्धको ज्यादती बढेको भन्दै अमेरिकाको जोर्जिया राज्यका १९ अश्वेत परिवारले आफ्ना लागि छुट्टै सुरक्षित शहर बनाउने योजना बनाएका छन्।

19 families buy nearly 97 acres of land in Georgia to create a city safe  for Black people - CNNएस्ले स्कट र उनकी साथी जग्गा किनेपछि खुशी छन्।

गोरादेखि सुरक्षित रहन भन्दै उनीहरुले फ्लोरिडाको विलकिनसन काउन्टी नजिकै ९७ एकड जमिन खरिद गरिसकेका छन्।

घर जग्गा एजेन्ट रहेकी एस्ले स्कटले पनि ९७ एकड जग्गा खरिद गर्न लगानी गरेकी छिन्। उनी भन्छिन्,‘म नयाँ स्थान विशेषगरी काला जातिका परिवारका लागि स्वर्ग हनेछ भन्ने विश्वास गर्दछु।’

जोर्ज फ्लोइड, बिओन्ना टाइलर, अहमद आबिरीजस्ता व्यक्तिहरुको हत्या रंगभेदकै कारण भएको यी १९ परिवारहरु बताउँछन्।

उनीहरुले गोराबाट सुरक्षित रहनका लागि नयाँ शहर बनाउन लागेको बताएका छन्। एस्ले स्कटका अनुसार उनीहरुले निर्माण गरेको शहरमा सबै सुविधा हुनेछ।

‘गोरा जातिबाट विभेद नभएको भए आफूहरुले नयाँ शहर बनाउनै पर्दैनथ्यो’ उनीहरु भन्छन्। सीएनएन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .