ad ad

समाज


कोरोना परीक्षण प्रभावकारी बनाउन ‘इनफ इज इनफ’ का सात सुझाव

कोरोना परीक्षण प्रभावकारी बनाउन ‘इनफ इज इनफ’ का सात सुझाव

नेपालखबर
भदौ २८, २०७७ आइतबार ९:१७,

सामाजिक अभियान ‘इनफ इज इनफ’ ले कोरोना परीक्षणलाई प्रभावकारी बनाउन सरकारलाई विभिन्न सुझावहरु दिएको छ।

आइतबार विज्ञप्ति प्रकाशित गरी इनफ इज इनफले कोरोना संक्रमण पत्ता लगाउन पुनः र्‍यापिड टेस्टलाई मान्यता दिइएकोप्रति पनि आश्चर्य प्रकट गरेको छ।

नेपालमा कोभिड–१९ को परीक्षणको प्रभावकारिता तथा कुशलता बढाउनको लागि यी रणनीतिहरू प्रयोग गर्न इनफ इज इनफले सरकारलाई आग्रह गरेको छ।

१) जोखिममा रहेका जनसंख्याको मापदण्डहरूलाई परिभाषित गर्ने तथा निरन्तर रूपमा अद्यावधिक गर्ने। उक्त जनसंख्याको लागि कोभिड–१९ को संक्रमणको यकिन गर्न पीसीआर परीक्षणको मात्रै उपयोग गर्ने।

२) कोभिड–१९ बाट संक्रमित व्यक्तिसँग नजिकको सम्पर्क भएका व्यक्तिहरूको तत्कालै परीक्षण नगर्ने र पाँच दिन पर्खेपछि मात्र उनीहरूको परीक्षण गर्ने।

३) कम जोखिममा रहेका अत्यावश्यक कामका कर्मचारीहरूलाई आफैँले खर्च व्यहोर्ने गरी सामूहिक पीसीआर परीक्षण गर्न मिल्ने व्यवस्था राख्ने।

४) आपत्कालीन कोभिड–१९ को परीक्षणलाई द्रूत तरिकाले अगाडि बढाउने र चाँडो नतिजा प्रदान गर्ने।

५) आम सर्वसाधारणको तहमा ‘एन्टिजिन आरडीटी’ लगायत कम यकिनका साथ नतिजा दिने तथा सस्तो विकल्पहरूको विवेकपूर्ण प्रयोग गर्ने।

६) एनपीएचएलको भूमिकालाई परीक्षणहरूको गुणस्तर नियन्त्रण तथा मूल्यांकन र समुदायमा रहेको कोभिड –१९ को विस्तारको बारेमा सर्वेक्षण गर्न तोक्ने।

७) तथ्यांकहरूको विश्लेषण गर्ने तथा त्यसलाई सार्वजनिक गर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .