काठमाडौंमा लुटपाट गरेर भाग्दै गरेका चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
शनिबार साँझ बाफलचोकबाट स्वयम्भू जाने क्रममा सोल्टी दोबाटोमा ७१ हजार ५ सय रुपैयाँ लुटेर गाडीबाट झरेर भागेका चार जनालाई प्रहरीले ट्याक्सी चढ्न लाग्दा पक्राउ गरेको हो।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका १४ कलंकीका २४ वर्षीय सन्तोष विष्टलगायत ४ जना रहेका छन्। बाँके कोहलपुर नगरपालिका ११ घर भएका ४२ वर्षीय पुरुषको रकम लुटेर उनीहरु भाग्दै थिए।
पीडितले प्रहरीलाई खबर गरेपछि महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई बा.२ज ४१७ नम्बरको ट्याक्सी चढेर भाग्न लागेको अवस्थामा फेला पारेको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
6
Shares
प्रतिक्रिया