ad ad

समाज


सिन्धुपाल्चोक पहिरो असामान्य छ, सं‌घीय सरकारले विशेष याेजना ल्याउनुपर्‍याे: सभामुख (भिडियाे)

सिन्धुपाल्चोक पहिरो असामान्य छ, सं‌घीय सरकारले विशेष याेजना ल्याउनुपर्‍याे: सभामुख (भिडियाे)

नेपालखबर
भदौ २८, २०७७ आइतबार ६:३८,

सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकमा असाधारण प्रकृतिका पहिरोहरु जान थालेको हुँदा यसबाट सुरक्षाका लागि संघीय सरकारले नै पाइलट प्रोजेक्ट नै बनाएर काम गर्नुपर्ने भएको बताएका छन्।

सभामुख सापकोटाले सिन्धुपाल्चोकमा असार २४ देखि निरन्तर पहिरो गइरहेको र त्यहाँ गएका पहिरोलाई सामान्य बाढी पहिरो र सामान्य प्राकृतिक प्रकोपको रुपमा हेर्न नहुने बताए।

speaker jacket pahiro 1

आइतबार दिउँसो पहिरोग्रस्त क्षेत्रमा पुगेका सभामुख सापकोटाले संघीय सरकारलाई एकिकृत र केन्द्रिकृत योजना बनाएर काम गर्न र सिन्धुपाल्चोकको पहिरोको दिर्घकालीन समस्या समाधान गर्नका लागि एउटा पाइलट प्रोजेक्ट नै बनाएर काम गर्न आग्रह गरेका छन्।

आइतबार राती सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाका विभिन्न स्थानमा गएको पहिरोमा बेपत्तामध्ये सात जनाको शव फेला परेको छ। अझै २४ जना हराइरहेका छन्।

याे पनि: सिन्धुपाल्चोक पहिरो अपडेट : सात शव भेटियाे, २४ बेपत्ता

भिडियाे: 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .