समाज


चालक निदाउँदा डोटीमा सडकबाट जिप खस्यो, भारतबाट फर्केका १२ जना घाइते

चालक निदाउँदा डोटीमा सडकबाट जिप खस्यो, भारतबाट फर्केका १२ जना घाइते

नेपालखबर
भदौ २६, २०७७ शुक्रबार ४:११,

डोटीकाे पूर्वीचौकी गाउँपालिका–१, शान्तिनगरमा शुक्रबार बिहान जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन। दुई जनाको अवस्था गम्भीर छ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराका अनुसार भारतबाट रोजगारी गरी घर फर्किँदै गरेका अछामको मल्लेक गाउँपालिकाका बासिन्दा चढेको से १ ज १०६६ नंको जिप दुर्घटना भएको हो।

प्रहरीका अनुसार मल्लेक–६ सोडसाका ४८ वर्षीय दानसिंह टमटा र सोही गाउँपालिका नुवाघरका ३४ वर्षीया कमला खड्काको अवस्था गम्भीर छ। घाइतेको ढाड र टाउकोमा गम्भीर चोट लागेकाले थप उपचारका लागि कैलाली पठाउने तयारी भएको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ।

जिप सडकबाट करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा परी घाइते भएकालाई अहिले उपचारका लागि जिल्ला अस्पताल डोटीमा पठाइएको प्रहरी निरीक्षक बोहराले बताए।

चालक निदाएका कारण दुर्घटना भएको हुन सक्ने घटनास्थलमा खटिएको प्रहरी टोलीको प्रारम्भिक अनुमान छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad