समाज


भारतकाे सुनौली नगरपालिकाका मेयरको हृदयघातबाट मृत्यु

भारतकाे सुनौली नगरपालिकाका मेयरको हृदयघातबाट मृत्यु

प्रकाश न्यौपाने
भदौ २४, २०७७ बुधबार ११:३१,

भारत उत्तर प्रदेश महाराजगञ्ज जिल्लाको सुनौली नगरपालिकाका मेयर सुधीर त्रिपाठीको हृदयघातबाट मृत्यु भएको छ। बुधबार (आज) बिहान उपचारका क्रममा जिल्ला अस्पताल गोरखपुरमा मेयर त्रिपाठीको मृत्यु भएको सुनौली–११ का अध्यक्ष वकिल मोहम्मद (प्रधान)ले जानकारी दिए।

५२ वर्षीय त्रिपाठीलाई ज्वरो आउने र रुघाखोकी समस्या देखिएपछि उनी तीन दिनदेखि गोरखपुर अस्पतालमा भर्ना भएका थिए। आज बिहान एक्कासी हृदयघात हुँदा उनले मृत्यु भएको वडाअध्यक्ष मोहम्मदले बताए।

‘उहाँमा कोरोना भाइरसका लक्षण पनि देखिएका थिए। त्यसैले स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना हुनुभएको हो, तर एक्कासी हृदयघात हुँदा निधन भयो’, मोहम्मदले भने, ‘कोरोना थियो की थिएन भन्ने रिपोर्ट आज साँझसम्म आउँछ।’

उनी सुनौलीका स्थानीयमाझ निकै लोकप्रिय थिए। सन् २०१८ मा भएको नगरपालिका निर्वाचनमा त्रिपाठी स्वतन्त्र उम्मेदवारबाट मेयरमा निर्वाचित भएका थिए। रुपन्देहीसँग सीमा जोडिएको नगरपालिका भएकाले पनि त्रिपाठीको भैरहवा क्षेत्रका स्थानीय उद्योगी व्यवसायीसँग सुमुधुर सम्बन्ध थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad