समाज


आफ्नै घरको छतबाट लडेर यातायात व्यवसायीको मृत्यु

आफ्नै घरको छतबाट लडेर यातायात व्यवसायीको मृत्यु

नेपालखबर
भदौ २४, २०७७ बुधबार ८:७,

कञ्चनपुरको भीमदत्त नगरपालिका–२ का यातायात व्यवसायी केशवदत्त जोशीको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयले ३५ वर्षीय व्यवसायी जोशीको आफ्नै घरको दुईतले छतबाट लडेर मृत्यु भएको जनाएको छ।

‘मंगलबार राति छतबाट लडेर गम्भीर घाइते भएका जोशीको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भयो’, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता थापाले भने, ‘उहाँको महाकाली अस्पतालमा उपचार सम्भव नभएपछि धनगढी सिफारिस गरिएको थियो।’

जोशी तत्कालीन पवनदूत यातायात समितिका उपाध्यक्षसमेत थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .