ad ad

समाज


किसानलाई कोरोनाको डर भन्दा खेतमा हाल्ने मलको चिन्ता

किसानलाई कोरोनाको डर भन्दा खेतमा हाल्ने मलको चिन्ता

नेपालखबर
भदौ २२, २०७७ सोमबार १५:३९,

युरिया मलको चरम अभाव हुँदा चितवनका किसानहरु मर्कामा परेका छन्। धानवालीमा मल हाल्ने समय हुँदासमेत बजारमा मल नपाउँदा किसानहरु मर्कामा परेका हुन्।

कोरोना भाइरसलाई बेवास्ता गर्दै किसानहरु मल लिन विहानैदेखि लाइनमा बस्ने गरेका छन्। कोरोना संक्रमितको संख्या दिनदिनै बढ्दै गएको चितवनमा किसानहरुलाई आफ्नो स्वास्थ्यको भन्दा मल पाउने नपाउने चिन्ताले सताएको छ।

विहान ४ बजेबाट नै मल लिनका लागि लाइनमा बसेको बताउने स्थानीय विकास कोइरालाले महामारीको चुनौतीका बावजुद पनि मलका लागि विहानैदेखि लाइन बस्नुपरेको बताए।

गत वर्षहरुमा भदौ महिनामा मात्रै १ हजार मेट्रिक टन मल विक्री भएकोमा यो वर्ष अभावका कारण ४ सय २६ मेट्रिक टन मात्रै विक्री गर्न सकिएको साल्ट्र ट्रेडिङ कर्पोरेसन लिमिटेड चितवनका प्रमुख बुद्धिविनोेद दहालले बताए। अहिले चितवनमा कृषि ज्ञान केन्द्रको सिफारिसमा मल बिक्री भइरहेकोमा यो वर्ष किसानहरुले पर्याप्त मल प्राप्त गर्न नसकेको उनले बताए।

चितवनमा कुल मागको ३० प्रतिशत साल्ट्र ट्रेडिङ र ७० प्रतिशत कृषि सामाग्री कम्पनी मार्फत आपूर्ति तथा बिक्री वितरण हुने गरेको छ। साल्ट्र ट्रेडिङले मल ल्याएर बिक्री गरेतापनि कृषि सामाग्रीले मल ल्याएर बिक्री गर्न नसक्दा अभाव भएको हो।

मल अभाव चितवनमा मात्रै नभएर देशभरी नै देखिएको छ। कोरोना महामारीको बाहानामा देशभरी मल अभाव हुँदा किसानहरु मर्कामा परेका छन्। नेपाल सरकारले बंगलादेशबाट ५० हजार मेट्रिक टन युरिया मल माग गरेको छ। अहिले युरिया मलको हाहाकार भएपछि सरकारले बंगलादेशसँग माग गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .