समाज


गुल्मी पहिरो अपडेट : ६ जनाकाे शव भेटियो, ५ व्यक्ति बेपत्ता

गुल्मी पहिरो अपडेट : ६ जनाकाे शव भेटियो, ५ व्यक्ति बेपत्ता

नेपालखबर
साउन ७, २०७६ मंगलबार ४:१३,

गुल्मीको सत्यवती गाउँपालिका वडा नम्बर ३ र ४ मा पहिराले पुरिँदा ६ जनाको ज्यान गएको छ। पाँच व्यक्ति बेपत्ता भएका छन्।

गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले मंगलबार बिहान १० बजे नेपालखबरलाई दिएको जानकारीअनुसार अहिलेसम्म ६ जनाको शव भेटिएको हो।

अझै पाँच जना व्यक्ति बेपत्ता भएकाले खोजी भइरहेको उनले बताए। स्थानीयका अनुसार बेपत्ता व्यक्तिहरू पनि जीवितै भेटिने सम्भावना छैन।

प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार सत्यवती गाउँपालिका वडा नम्बर ३, ठूलो लुम्पेकमा अविरल वर्षापछि मंगलबार बिहान ३ बजेतिर गएको पहिराले एक घर बगाउँदा त्यसमा रहेका पाँच जनामध्ये २ जनाको मृत्यु र २ जना घाइते भएका हुन्।

मृत्यु भएकामा ३४ वर्षीया तीलकुमारी तरामु मगर र उनका छोरा ९ वर्षका दर्शन तरामु छन्।

यस्तै उनकै छोरीहरू १३ वर्षीया धनी र १० वर्षीया करिश्मा घाइते भएका छन्। उनीहरूको उद्धार गरी उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी पौडेलले टेलिफोबाट जानकारी दिए।

‘तीन घरमा ९ जना बस्थे, तीमध्ये ४ जनाको शव केहीबेरअघि निकालियो,’ प्रमुख जिल्ला अधिकारी पौडेलले नेपालखबरसँग भने, ‘अरू ५ जना हराइरहेका छन्।’

उनीहरूको परिचय खुल्नचाहिँ बाँकी रहेको उनले बताए। ‘एक जना मृतक पम्फा विककी छोरी हिमानी भन्नेसम्म खुलेको छ,’ उनले भने, ‘अरूको बुझ्ने प्रयास भइरहेको छ।’

उनका अनुसार घटनास्थलतर्फ नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको टोली गइरहेको छ। ‘विकट क्षेत्र, कच्ची बाटो, त्यो पनि वर्षाले भत्काएको छ,’ उनले भने, ‘त्यही भएर समय लागेको हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .