ad ad

समाज


रथ यात्रामा प्रहरीमाथि आक्रमणको आरोपमा पक्राउ पर्ने २० पुगे, ६ जनामा कोरोना पुष्टि

रथ यात्रामा प्रहरीमाथि आक्रमणको आरोपमा पक्राउ पर्ने २० पुगे, ६ जनामा कोरोना पुष्टि

नेपालखबर
भदौ २२, २०७७ सोमबार ८:२९,

राताे मत्स्येन्द्रनाथको रथ यात्राका क्रममा ललितपुरमा प्रहरीसँगको झडपमा ढुंगामुढा गरेकाे आराेपमा २० जना पक्राउ परेका छन्।

साे घट्नामा संलग्नमध्ये हालसम्म २० जनालाई पक्राउ गरिसकेको ललितपुरका प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले बताए।

प्रहरीले घटना भएकै दिन ९ जनालाई पक्राउ गरेको थियो। घटनामा संलग्नको खोजि र अनुसन्धान भइरहेको एसएसपी राईले बताए।

हालसम्म घटनामा संलग्न २० जना पक्राउ परिसकेका छन्। यीमध्ये ११ जनाको कोरोना परीक्षणको रिपोर्ट आइसकेकोमा ६ जनामा कोरोना पुष्टि भएको छ।

९ जनाको रिपोर्ट आउन बाँकी रहेको पाटन अस्पताल स्रोतले जनाएको छ।

गत बिहीबार प्रशासनको अनुमतिबिनै निषेधाज्ञा तोडेर रथ तान्न थालेपछि स्थानीय र प्रहरीबीच झडप भएको थियो।

झडपका क्रममा चार प्रहरी र केही स्थानीय घाइते भएका थिए।

पक्राउ परेका सबैलाई सार्वजनिक शान्तिविरुद्धको मुद्दा चलाइने भएको छ। यसका लागि प्रहरीले जिल्ला प्रशासन कार्यालयबाट सात दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .