समाज


पैदलयात्रीलाई ठक्कर दिएर भागेको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

पैदलयात्रीलाई ठक्कर दिएर भागेको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

नेपालखबर
साउन ७, २०७६ मंगलबार २:२६,

चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक अन्दाजी ३० वर्षीय पुरुष छन्। उनको सनाखत हुन सकेको छैन।

नरायणगढबाट रामनगरतर्फ जाँदै गरेको ना ४२ प ४९२९ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिई भाग्ने क्रममा भित्री सडकमा रोकिराखेको ना५ख २२४६ नम्बरको ट्रकमा ठक्कर खान पुगेको प्रहरीले जनाएको।

ट्रकमा मोटरसाइकल ठक्कर खाएर घाइते भएका चालकको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो।

पैदलयात्री भरतपुर महानगरपालिका– १ बस्ने ५० वर्षीय ओमप्रसाद भुषाललाई सो मोटरसाइकलले ठक्कर दिएको प्रहरीले जनाएको छ।

मोटरसाइकलको ठक्करबाट भुषाल सामान्य घाइते भएका छन्। मोटरसाइकल र ट्रक प्रहरी नियन्त्रणमा छ।

ट्रकका चालक फरार रहेको र उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad