समाज


बेलायतको बर्मिंघममा एकैदिन धेरै स्थानमा चक्कु आतंक, कयौं घाइते

बेलायतको बर्मिंघममा एकैदिन धेरै स्थानमा चक्कु आतंक, कयौं घाइते

नेपालखबर
भदौ २१, २०७७ आइतबार ७:१३,

आइतबार बिहान १२ बजेर ३० मिनेट जाँदा बर्मिंघम सिटी सेन्टरमा पहिलो चक्कु आतंक मच्चिएको थियो।

उक्त घटनामा कयौं मानिसहरु घाइते भएको बताइएको छ। चक्कुधारी व्यक्तिले अन्धाधुन्ध चक्कु प्रहार गरेका थिए।

उक्त घटनापछि त्यो सिटी सेन्टरमा ‘मेजर इन्सिडेन्ट’को घोषणा गरिएको थियो।

मेजर इन्सिडेन्टले ‘गम्भीर क्षति भएको छ’ वा ‘जनताको सुरक्षा जोखिममा छ’ भन्ने जनाउँछ। यस्तो अवस्थामा प्रहरी अर्को घटना हुन नदिन तयार हुन्छन्। यो बेला आपतकालिन सेवादिने संस्थाहरुले पनि मिलेर काम गर्दछन्।

तर बर्मिंघममा भने पहिलो चक्कु आक्रमणको घटनापछि पनि त्यहाँका विभिन्न स्थानमा चक्कु आक्रमणको घटना भएको बीबीसीले जनाएको छ।

प्रहरीले चक्कु आतंकको घटनामा अनुसन्धान थालिसकेको छ। आक्रणकारीहरुलाई खोज्ने कार्य पनि जारी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad