कला


भारतीय अभिनेता सुशान्त मृत्यु प्रकरणमा अर्का एक व्यक्ति पक्राउ, उनकै प्रेमिकाका भाइसहित ४ जना हिरासतमा

भारतीय अभिनेता सुशान्त मृत्यु प्रकरणमा अर्का एक व्यक्ति पक्राउ, उनकै प्रेमिकाका भाइसहित ४ जना हिरासतमा

नेपालखबर
भदौ २१, २०७७ आइतबार १:५८,

भारतका अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु प्रकरण अनुसन्धानका लागि भारतीय प्रहरीले एकपछि अर्काे गरेर आरोपित व्यक्तिलाई पक्राउ गरिरहेको छ।

सुशान्तकी प्रेमिका रिया चक्रवर्तीका भाइ शौविक चक्रवर्ती र सुशान्तकै प्रबन्धक श्यामुअल मिरान्डालाई पक्राउ गरेलगत्तै फेरि अर्का एक शंकास्पद व्यक्तिलाई नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) ले नियन्त्रणमा लिएको हो।

बीबीसी हिन्दीका अनुसार ब्युरोको टोलीले सुशान्तका घरेलु सहायक दीपेश सावन्तलाई गिरफ्तार गरेको हो।

एनसीबीका डेपुटी डाइरेक्टर केपीएस मल्होत्राका अनुसार दीपेशले लागुऔषध खरिद एवं कारोबार गर्ने गरेको पाइएकाले उनलाई पक्राउ गरिएको हो।

एनसीबी दक्षिण-पश्चिमी डेपुटी डीजी मुथा अशोक जैनले पक्राउ गरिएका चारै जनालाई हिरासतमा राखिएको र रिया चक्रवर्तीलगायत अन्यलाई पनि अनुसन्धानमा सहभागी हुन आग्रह गरिएको जानकारी दिए।

याे पनिबलिउड अभिनेता सुशान्त मृत्यु प्रकरणमा पहिलो गिरफ्तारी : उनकै प्रेमिकाका भाइ पक्राउ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad