समाज


अति भारी वर्षाको सम्भावना, बाढीपहिरोबाट जोगिन आग्रह

अति भारी वर्षाको सम्भावना, बाढीपहिरोबाट जोगिन आग्रह

नेपालखबर
साउन ७, २०७६ मंगलबार १:१३,

आज (मंगलबार) देशका विभिन्न स्थानमा भारी तथा एक/दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको बताउँदै बाढीपहिरो तथा डुबानबाट सजग रहन मौसमविद्ले आग्रह गरेका छन्।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीले अहिले देशका अधिकांश स्थानमा मौसम बदली भएको र काठमाडौं उपत्यकासहित केही स्थानमा वर्षा भइरहेको जानकारी दिइन्।

दिउँसो देशका केही स्थानमा भारी तथा एक/दुई स्थानमा अति भारी वर्षा हुने सम्भावना रहेको उनले बताइन्।

जसका कारण पहाडमा पहिरो, नदीनालामा बाढी तथा तराईमा डुबान हुने जोखिम रहेकाले सतर्क रहन उनको आग्रह छ।

‘दिउँसोभन्दा राति मनसुन अझ सक्रिय हुने देखिएको छ,’ नेपालखबरसँग उनले भनिन्, ‘आगामी तीन दिनसम्म मौसम यस्तै रहने सम्भावना छ।’

माैसम महाशाखाले पनि २४ घण्टे चेतावनी तथा परामर्श जारी गर्दै बाढीपहिराे जाने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेकाे छ। 

महाशाखाले भनेकाे छ-  देशका पूर्व तथा मध्यका थोरै स्थानमा साथै पश्चिमका एक/दुई स्थानमा  भारी वर्षाको सम्भावना छ जसका कारणले ती क्षेत्रका पहाडी भू-भागमा पहिरो जान सक्ने तथा पहाड तथा चुरेबाट बहने खोलाहरुमा जल सहत हल्का बढ्न सक्ने  भएकाले सामान्य सतर्कता अपनाउन अनुरोध गरिन्छ। साथै यसका कारणले हवाई तथा सडक यातायातमा समेत प्रभाव पर्न सक्ने भएकोले सतर्कता अपनाउनु पर्ने देखिन्छ।

मौसमविद् बासीका अनुसार अहिले दक्षिण (भारत) रहेको मनसुन न्यून चापीय रेखा नेपालतर्फ नजिकिने क्रममा रहेकाले मौसम बदली पनि बढ्दै गएको हो।

साथै बंगालको खाडीबाट  प्रवेश  गरेको  जलवाष्प युक्त हावा र स्थानीय वायुको प्रभाव पनि छ।  

उक्त रेखा जति नजिक हुन्छ उति वर्षाको मात्रा बढ्दै जाने मौसमविद्को भनाइ छ। उक्त रेखा जति नजिक हुन्छ उति वर्षाको मात्रा बढ्दै जाने मौसमविद्को भनाइ छ। नेपालै भित्रेपछि झन् अविरल वर्षा हुने मौसमविद्को अनुमान छ।

 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad