खेत जोत्दै गरेको अवस्थामा चट्याङ लागेर मोरङमा साेमबार एक जनाको मुत्यु भएको छ।
इलाका प्रहरी कार्यालय रङ्गेलीका अनुसार धनपालथान गाउँपालिका–३ सोराभागका ५० वर्षीय श्याम मण्डलको चट्याङ लागेर घटनास्थलमा मृत्यु भएको हो। घरदेखि लगभग दुई सय मिटर पर धान रोप्नका लागि खेत हिल्याउँदै गरेको अवस्थामा चट्याङ परेको थियो। चट्याङले खेत जोत्दै गरेका एक हल गोरु पनि मरेका छन्।
त्यस्तै चट्याङले लागेर मोरङकै सुनवर्षी नगरपालिका–९ पार्वती टोलकी २८ वर्षीय लक्ष्मीदेवी केविरथ घाइते भएकी छन्। आफ्नै घरमा बसिरहेका बेला चट्याङ लागेर घाइते भएकी उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।रासस

प्रतिक्रिया