अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको अभियोगमा प्रहरी चौकी बगाह, रुपन्देहीमा कार्यरत प्रहरी सहायक निरीक्षक प्रेमबहादुर थापालाई नियन्त्रणमा लिएको छ।
निज प्रसनी थापाले हार्डवेयरको सामान बिक्री वितरणका लागि सहज वातावरण बनाइदिने भन्दै सेवाग्राहीसँग रु तीन हजार ५०० घुस लिएको अवस्थामा रुपन्देहीको ओमसतिया गाउँपालिका–४ स्थित एक रेष्टुरेन्टबाट घुससहित नियन्त्रणमा लिएको हो। उनले पटकपटक सो क्षेत्रका व्यापारीमाथि घुस माग्दै दुःख हैरानी दिई व्यवसायमा कठिनाइ पु-याएकोसमेत अख्तियारले जनाएको छ।
निजलाई आइतबार राति नियन्त्रणमा लिइएको भए पनि अख्तियारले आज मात्र सार्वजनिक गरेको हो। निज प्रसनी थापालाई आयोगको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले नियन्त्रणमा लिएको प्रवक्ता प्रदीपकुमार यादवले जानकारी दिए। रासस

प्रतिक्रिया