रुपन्देहीको रोहिणी गाउँपालिका वडा नं. २ का वडाअध्यक्ष सरोजकुमार पाण्डेयलाई अख्तियारकाे टोलीले नियन्त्रणमा लिएको छ।
अख्यिातर दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयको टोलीले सेवाग्रागीसँग २० हजार रुपैयाँ घूस लिएको प्रमाणका अधारमा नियन्त्रणमा लिएको प्रवक्ता सुरेश भुसालले जानकारी दिए।
वडाअध्यक्ष पाण्डेयले सेवाग्राहीलाई सहकारीबाट अनुदान रकम उपलब्ध गराउनका लागि सहजीकरण गरिदिएको भनेर २० हजार रुपैयाँ घूस लिएको अख्तियारले जनाएको छ।
‘उहाँले अनुदान दिलाउन सहयोग गरेको भनेर ४५ हजार रुपैयाँ घूस रकम सेवाग्राहीसँग माग गर्नुभएको रहेछ। त्यसमध्ये २० हजार रुपैयाँ लिइसकेको प्रमाणका आधारमा हामीले थप अनुसन्धानका लागि नियन्त्रणमा लिएका हौं’, अख्तियार प्रवक्ता भुसालले भने।
पाण्डेयलाई आज दिउँसो सवा तीन बजे रोहिणीबाट नियन्त्रणमा लिइएको हो। प्राप्त प्रमाणका बारेमा उनीमाथि थप अनुसन्धान सुरु गरिएको छ।
Shares
प्रतिक्रिया