बागलुङको ढोरपाटन नगरपालिकामा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ। घटनामा कम्तिमा १० जना बेपत्ता भएका छन्।
ढोरपाटन नगरपालिका ८ र ९ का विभिन्न ठाउँमा पहिरो जाँदा ठूलो जनधनको क्षति भएको बागलुङका प्रहरी प्रमुख एसपी शारदाप्रसाद चौधरीले बिहीबार बिहान नेपालखबरलाई जानकारी दिए।
घटनाको बिस्तृत विवरण आउँन बाँकी छ। ‘हामी घटनास्थलतिर जाँदै छौँ, केही समयपछि बिस्तृत जानकारी आउला,’ उनले भने।
प्रतिक्रिया