समाज


एकपटक कोरोनाबाट मुक्त भएपछि कति समयसम्म सुरक्षित भइन्छ? आयो खुसीको खबर

एकपटक कोरोनाबाट मुक्त भएपछि कति समयसम्म सुरक्षित भइन्छ? आयो खुसीको खबर

नेपालखबर
भदौ १८, २०७७ बिहिबार १:३६,

आइसल्यान्डमा गरिएको एक अध्ययनले कोरोनाबाट मुक्त भएका व्यक्तिका लागि खुसीकाे खबर ल्याएको छ।

कोरोनाबाट मुक्त त्यहाँका ३० हजार जनामा गरिएको अध्ययनले कोरोना संक्रमणपछि बन्ने ‘एन्टिबडी’ (भाइरसप्रतिरोधी शक्ति) ले कम्तीमा चार महिना काम गर्ने पत्ता लगाएको हो।

यो नै पहिलो अध्ययन हो, जसले भाइरविरुद्ध एन्टिबडीले यति लामो समयसम्म काम गर्ने दाबी गरेको बीबीसीले जनाएकाे छ। 

यो अध्ययन आइसल्यान्डस्थित बायोटेक कम्पनी जेनेटिक्सले गरेको हो। जुन अध्ययन प्रतिवेदन द न्यु इंग्ल्यान्ड जर्नल अफ मेडिसिनमा प्रकाशित छ।

यसअघिका सीमित अध्ययनले कोरोना संक्रमणपछि शरीरमा बन्ने एन्टिबडीले केही (छोटो) समय मात्र काम गर्ने र हराएर जाने निष्कर्ष निकालेका थिए।

बीबीसीमा प्रकाशित खबरअनुसार आइसल्यान्डमा गरिएको यस अध्ययनबारे लेखिएकाे सम्पादकीयमा भनिएकाे छ- यो नतिजाले के आशा जगाएको छ भने घातक काेराेना भाइरसविरुद्ध बन्ने प्रतिरक्षा शक्ति चाँडै हराएर जाँदैन।’

विज्ञका अनुसार कोरोना भाइरसले संक्रमण गरेपछि शरीरमा त्यसविरुद्ध लड्ने शक्ति पनि विकास हुन्छ, जसलाई चिकित्सकीय भाषामा एन्टिबडी भनिन्छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .