ad ad

समाज


कोरोनाका बेला मास्कलाई सर्वव्यापी बनाएर भारतबाट टीबी उन्मूलन गर्ने प्रस्ताव

कोरोनाका बेला मास्कलाई सर्वव्यापी बनाएर भारतबाट टीबी उन्मूलन गर्ने प्रस्ताव

नेपालखबर
भदौ १७, २०७७ बुधबार ११:९,

कोरोना महामारी फैलिएपछि अनिवार्य र सर्वव्यापी बन्दै गएको फेस–मास्कले टीबी (क्षयरोग) उन्मूलनमा सहयोगी बन्ने अपेक्षा गरिएको छ।

सन् २०२५ सम्म टीबी रोग उन्मूलन गर्ने लक्ष्य राखेको भारतले मास्कको प्रयोगलाई नियमित दिनचर्यामा बदल्न सके सो लक्ष्य हासिल गर्न सघाउ पुग्ने त्यहाँका जनस्वास्थ्य विज्ञहरुले औँल्याएका छन्।

‘जापानमा जस्तै भारतमा पनि मास्कलाई नियमित प्रयोग गर्ने चलन सुरु भएमा सन् २०२५ सम्ममा टीबी उन्मूलन गर्ने लक्ष्य हासिल गर्ने हाम्रो लक्ष्य हासिल गर्न सकिन्छ,’ स्वास प्रस्वाससम्बन्धी विज्ञ डा. संजीव मेहताले बताए।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले सन् २०३० सम्ममा टीबी उन्मूलन गर्ने लक्ष्य राखेको छ भने भारतले सन् २०२५ सम्ममा आफ्नो मुलुकमा सो रोग उन्मूलन गर्ने घोषणा गरेको छ।

संसारभरका टीबी रोग लागेका मानिसमध्ये एक चौथाई भारतमा मात्रै भएको हुँदा भारतको लक्ष्य बढि महत्वाकांक्षी भएको जनस्वास्थ्यविद्हरुको भनाइ छ।

‘तर हामीले मास्कको प्रयोगलाई नियमित गर्‍यौं र खोकी गर्दा ध्यान दिनुपर्ने कुरालाई पनि राम्रोसँग ख्याल गर्‍यौं भने यहि समयसीमाभित्र पनि टीबी अन्त्य गर्न सकिन्छ,’ मेहताले भने।

टीबीजस्तै अन्य बिभिन्न सरुवा रोगहरुको नियन्त्रणमा पनि मास्कको प्रयोग प्रभावकारी हुनसक्ने जनस्वास्थयविद्हरुले बताउँदै आएका छन्। -टीओआई

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .