ad ad

समाज


कोरोना संक्रमणबाट सिरहाका पुरुषको धरानमा मृत्यु

कोरोना संक्रमणबाट सिरहाका पुरुषको धरानमा मृत्यु

नेपालखबर
भदौ १६, २०७७ मंगलबार ६:५५,

कोरोना संक्रमणबाट सिरहामा मंगलबार बिहान थप एक जनाको मृत्यु भएको छ।

सिरहाको मिर्चैया नगरपालिका–६ का ५५ वर्षीय पुरुषको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो।

भदौ १० गते कोरोना संक्रमण पुष्टि भएपछि प्रतिष्ठानको आईसीयूमा उपचाररत उनको मंगलबार बिहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिए।

उच्च रक्तचाप र मधुमेह रोगबाट पीडित उनलाई यसअघि विराटनगरस्थित विराट मेडिकल कलेजमा भर्ना गरिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिए थियो। उपचारकै क्रममा उनको प्रतिष्ठानमा मृत्यु भएको प्रमुख यादवले बताए। योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सिरहामा सात पुगेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .