ad ad

समाज


ट्रम्पद्वारा हत्या अभियोग लागेका बन्दुकधारीको बचाउ, भनेः उनले आत्मरक्षा गरेका थिए

ट्रम्पद्वारा हत्या अभियोग लागेका बन्दुकधारीको बचाउ, भनेः उनले आत्मरक्षा गरेका थिए

नेपालखबर
भदौ १६, २०७७ मंगलबार ६:५२,

१७ वर्षका काइल रिटनहाउसले गतहप्ता विसकनसिनको केनोसामा दुई प्रदर्शनकारीमाथि गोली प्रहार गरेका थिए। सोही क्रममा उनीहरुको मृत्यु भएको थियो।

काइल ट्रम्पको समर्थक भएको बताइएको छ। यस विषयमा ट्रम्पले आत्मरक्षाको लागि उनले बन्दुक चलाएको भन्दै काइलको बचाउ गरेका हुन्।

केनोसा शहर अझैपनि तनावग्रस्त नै छ। प्रहरीले अश्वेत नागरिक ज्याकोब ब्लेकलाई ७ गोली हानेपछि त्यहाँ प्रहरीको दमनविरुद्ध प्रदर्शन भइरहेको छ।

प्रहरीले ३ छोराछोरी अगाडि नै ब्लेकमाथि गोली प्रहार गरेका थिए। ब्लेकको हाल कम्मर मुनिको भाग प्यारालाइज भएको बताइएको छ।

प्रहरी दमनविरुद्धको प्रदर्शनमा उत्रिएका प्रदर्शनमा गतहप्ता १७ वर्षका काइलले गोली चलाएका थिए। हाल उनीमाथि हत्या अभियोग लगाएर अनुसन्धान भइरहेको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .