गत साउन ३० गते बिहान जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरामा ज्यान गुमाउनको सङ्ख्या ३६ पुगेको छ।
थप तीन जनाको शव आज भेटिएको हो। पहिरामा अझै तीन जना बेपत्ता छन्। यसअघि ३३ जनाको शव भेटिएको थियो।
दुई पुरुष र एक महिलाको आज शव फेला परेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए। आज प्रकाश दोङ, साइली दोङ र आयुष दोङको शव फेला परेका हो।
हराइरहेकाको खोजी जारी रहेको बताइएको छ।

प्रतिक्रिया